कोशी मन्त्रिपरिषद् बैठकले के-के गर्याे निर्णय ?

विराटनगर । कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले सर्वसम्मतिले पारित गरेकामा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, विषयगत समितिका सभापति तथा राजनीतिक दलका प्रमुखप्रति कृतज्ञता ज्ञापन गरेको छ । यही असोज २४ गते उक्त विधेयक पारित भएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने
काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ । आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए। उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती ...

सवारी दुर्घटनामा एक जनाको मृत्यु
दाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी... ...

चिहानबाट शव निकालेको आरोपमा गैँडाकोटमा एक जना पक्राउ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए। त्यसको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे आफन्त स... ...

देवानगञ्ज घटना : गोली प्रहार गर्ने पाँच पक्राउ
विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच आरोपित पक्राउ परेका छन् । केटी जिस्काएको आरोपमा देवानगन्ज गाउँपालिका–१, मध्यहर्षाहीका २४ वर्षीय नीरजकुमार यादवमाथि भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई सुनसरी... ...


