नेपाली सम्पदा र आधुनिक फेशनको संगम ‘अनन्तरूपवितानम्’

काठमाडौं । नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी)ले आफ्नो २१औं स्नातक फेशन शो ‘अनन्तरूपवितानम्’ पुल्चोकस्थित द प्लाजामा आयोजना गरेको छ । नेपाली पुर्ख्यौली शिल्प, सांस्कृतिक विविधता, आध्यात्मिक चेतना र भविष्यवादी कल्पनालाई समकालीन फेशनसँग जोड्दै आयोजित शोमा ५४ स्नातक डिजाइनरका सिर्जना प्रस्तुत गरिएका थिए । कार्यक्रममा छवटा फेशन संग्रह र छवटा सिर्जनात्मक उत्कृष्ट कृतिमार्फत नेपाली सम्पदा, प्रकृति, दिगोपन र प्रविधिलाई पहिरनमा उतारिएको थियो । मन्दिरका काष्ठकला, पौभा चित्रकला, परम्परागत आभूषण, कृषि संस्कृति, हिमाली जीवनशैली, देवीशक्ति तथा कृत्रिम बुद्धिमत्ताबाट प्रेरित डिजाइन शोका मुख्य आकर्षण थिए । विभिन्न संग्रहले परम्परागत कलालाई आधुनिक कुट्युरमा रूपान्तरण गर्नुका साथै कृषि र वातावरणीय उत्तरदायित्व, जातीय पहिचान, हिमाली जीवन तथा नारीशक्तिलाई फेशनमार्फत प्रस्तुत गरेका थिए । अन्तिम संग्रहमा नेपाली सांस्कृतिक पहिचान र आध्यात्मिक प्रतीकलाई कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी डिजाइनसँग जोडिएको थियो । अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले कोरियोग्राफी गरेको कार्यक्रमको समन्वय श्रीतिका शाक्य, सुबिना राउत, अलिश रञ्जित र स्वस्तिका भारीले गर्नुभएको थियो । विद्यार्थीका सिर्जनाको मूल्यांकन प्राविधिक शिक्षा, फेशन डिजाइन, वस्त्र प्रविधि तथा तयारी पोसाक उद्योगका विज्ञ सम्मिलित निर्णायक मण्डलले गरेको थियो । कार्यक्रममा एनसीएफटी फेशन क्याटलगको पाँचौं संस्करणसमेत विमोचन गरिएको थियो । क्याटलगमा विद्यार्थीका डिजाइन, अनुसन्धान, अवधारणा र प्राविधिक प्रक्रियालाई अभिलेखित गरिएको छ । गार्मेन्ट एसोसिएसन-नेपाल (जीएएन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । एनसीएफटीका अनुसार ‘अनन्तरूपवितानम्’ नेपाली सम्पदालाई आधुनिक डिजाइन, दिगोपन र प्रविधिसँग जोड्ने प्रयास हो । कार्यक्रमले परम्परागत ज्ञान र आधुनिक नवप्रवर्तनलाई एकीकृत गर्दै नेपाली फेशनलाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाउने सम्भावना प्रस्तुत गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


