Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार

काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढेको छ ।

खुकुराको मासु प्रतिकेजी चार सय नाघेको छ भने खसीको मासु १७ सय रुपैयाँ नजिक पुगेको छ । त्यसैगरी तेल, चिनी, पीठोलगायत खाद्यान्न पनि गतवर्षभन्दा बढेको छ । नेपाल ख्रुदा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढेको हो ।
दशैँमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगी मार परेका छन् । कपितय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै ‘जसरी पनि कमाउने’ सोच राख्दा समस्या आएको बताइन्छ । बाढी पहिरोका कारण सडक अवरोध देखाएर मूल्य वृद्धिको सम्पूर्ण जिम्मेवारीबाट सरकार र व्यवसायी दुवै उम्किन खोजिरहेको देखिन्छ । संघको तथ्यांकअनुसार हाल चामलको प्रतिकेजी चालमको मूल्य ७५ रुपैयाँदेखि १९० रुपैयाँसम्म पुगको छ भने चिउरा ९० रुपैयाँदेखि दुई सय रुपैयाँ, मुँग दाल दुईसय १० देखि २२० रुपैयाँसम्म, तोरी तेल प्रतिलिटर चारसय, मैदा र आँटा प्रतिकेजी ८० रुपैयाँ र जीरा प्रतिकेजी ५३० रुपैयाँ रहेको छ । चिनीको बजार मूल्य नियन्त्रणका लागि खुद्रा व्यापार संघले प्रतिकेजी एकसय १० रुपैयाँ बिक्री गर्दै आएको छ ।

पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसनले सिधै ख्रुदा व्यापार संघमार्फत चिनी बिक्री गर्दै आएको छ । खुला बजारमा भने प्रतिकेजी चिनी १५० रुपैयाँसम्ममा बिक्री भइरहेको संघले जनाएको छ । खाद्यन्न, अण्डा र मासु मात्रै नभई तरकारीको मूल्यसमेत आकासिएको छ ।

सरकारी तथ्यांकले नै भन्छ- महँगी ह्वात्तै बढ्यो
विगत वर्षहरूको तुलनामा यसवर्ष ह्वात्तै महँगी बढेको सरकारले नै स्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/०८४ पहिलो महिनाको तथ्यांकअनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो । समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशत र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८८ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेस प्रदेशको ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१, तराई ६.६४, पहाड ५.९५ र हिमालको ५.१० प्रतिशत रहेको छ ।

बत्ती बाल्ने पदार्थलाई घिउका नाममा कारोबार गर्न रोक
सरकारले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ त पूजा, होम, हवन तथा दीप प्रज्वलन लगायतका प्रयोजनमा प्रयोग हुने चिल्लो पदार्थलाई घिउका नाममा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । त्यस्ता उत्पादनको स्वरूप, रंग, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा उपलब्ध खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ताले झुक्किएर त्यस्ता उत्पादन आफ्नो खानपानमा समेत प्रयोग गर्ने गरेको र गर्नसक्ने सम्भावना रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यस्ता चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

विभागका अनुसार कसैले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गरेमा लेवलको अग्रभागमा ‘खानको लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट रूपमा ठूलो फन्टमा राख्नु पर्नेछ । साथै, उक्त पदार्थमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता शब्द लेवलमा उल्लेख गर्न पाइनेछैन । खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको लेवल विवरण अनिवार्य रूपमा उल्लेख गरी उत्पादन तथा बिक्री वितरण गर्नुपर्ने छ । उक्त व्यवस्थाबाट खाद्य तथा अखाद्य उत्पादनबीच मिश्रण हुने, मिसावट गरिने, गलत लेवल लगाइने तथा गैरखाद्य उत्पादन खाद्य आपूर्ति शृंखलामा प्रवेश गर्ने सम्भावना रोक्न सहयोग पुग्ने भएकाले उल्लेखित आदेशविपरीत कार्य गरे गराइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही गरिनेसमेत विभागले स्पष्ट पारेको छ ।

सरकारले खुद्रा व्यापारीलाई मात्रै अनावश्यक दुःख दिन्छ : अध्यक्ष बज्राचार्य
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा चार सयदेखि ६ सय रुपैयाँसम्म मूल्य बढेको बताउनुभयो । उहाँका अनुसार अधिकांश धान, चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफूखुसी मूल्य बढाएको उहाँले बताउनुभयो । ‘स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरैजसो भारतबाटै आयात हुने गर्छ’, हिमालय टाइम्ससँग बज्राचार्यले भन्नुभयो, ‘भारतमा कति मूल्य तिर्छन् भन्ने यहाँ कसैलाई थाहा हुँदैन । सरकारलाई पनि थाहा छैन, जति मूल्य बढाइदिए पनि पनि भइहाल्यो नि ! उनीहरूको संघ छ, कसले बोल्ने ?’ बजारलाई व्यापारीले आफ्नो कब्जामा लिँदा पनि सरकार रमिते भएर बस्दा हरेक वर्ष चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने गरेको हो ।

सरकारले दैनिकजसो बजार अनुगमन गर्ने गरेको भए पनि औपचारिकतामा मात्रै सीमित हुँदै आएकाले व्यापारीको मनोमानी चल्ने गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उनीहरूका अनुसार मूल्य नियमक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन ठूला व्यापारीभन्दा साना ख्रुदा व्यापारीमा सीमित छ । अनुगमन टोली ठूला व्यापारीसम्म पुग्न डराउँछ, अनुगमनको संख्या बढाउनुपर्ने बाध्यताका कारण मूल्यवृद्धिमा कुनै भूमिका नहुने खुद्रा व्यापारीमाथि अनुगमन गरेर अनावश्यक दुःख दिने गरेको अध्यक्ष बज्राचार्य बताउनुहुन्छ ।

तथ्य नखोजी गरिने सरकारी अनुगमनको औचित्य छैन : अध्यक्ष महर्जन
त्यसो त सरकार चाडवाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइएको दाबी गरिरहेको छ । परिणाम भने देखिएको छैन । उत्पादकदेखि खुद्रा बिक्रेतासम्म मूल्य कसरी बढ्यो भन्ने तथ्य नखोजी गरिने अनुगमन औचित्य नहुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ । सरकारले बजार मूल्य नियन्त्रणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ पसल सञ्चालन ल्याइएको बताए पनि सरकारी सुपथ पसलसम्म सर्वसाधारणको पहुँच छैन । अस्वाभाविक मूल्यवृद्धिका कारण आम्दानी नबढ्ने तर खर्च बढ्ने अवस्थाले न्यून तथा मध्यम आय भएका परिवारलाई थप मार परेको छ । बजारमा सरकारको प्रभाकारी उपस्थिति नदेखिनु त्यसैको संकेत भएको मञ्चका अध्यक्ष महर्जन बताउनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

विश्वभर १३० सशस्त्र द्वन्द्व जारी, दोस्रो विश्वयुद्धयताकै गम्भीर संकटको चेतावनी
ताजा खबरJust now

विश्वभर १३० सशस्त्र द्वन्द्व जारी, दोस्रो विश्वयुद्धयताकै गम्भीर संकटको चेतावनी

विश्वभर सशस्त्र द्वन्द्वको संख्या र जटिलता बढ्दै जाँदा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा गम्भीर द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको चेतावनी दिएको छ । संस्थाकी अध्यक्ष मिर्याना स्पोलजारिकका अनुसार... ...

रातोपाटी
यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना
ताजा खबरJust now

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाण्डु –देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो । मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना […] ...

काठमाण्डुपाटी
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ...

केन्द्रबिन्दु
धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती
ताजा खबरJust now

धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती

मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play