Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट, असाेज ३१। जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहान करिब ११:१५ बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पठाएको थियो। उपचारका क्रममा जाजरकोटको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकलाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
राजनीतिJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज अपरान्ह पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ ।    प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, ...

फरकधार
रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?
राजनीतिJust now

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ साइबर ब्यूरोबाट रिहा भएका छन् । समाचारसम्बन्धी विवादमा प्रेस काउन्सिल नेपालमा छलफल गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जनआस्था अनलाइनका प्रबन्ध सम्पादक राजेन्द्र रिमालले जानकारी दिए । रिमालका अनुसार समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमा जाने विषयमा उजुरीकर्ता हिमेश पन्त सहमत भएका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको ...

फरकधार
विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित
राजनीतिJust now

विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालका अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ११२ बलमा चार चौकासहित उक्त रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७, ईशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ ...

फरकधार
मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
राजनीतिJust now

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play