मिसाइल आक्रमणको खतरापछि रोनाल्डोको खेल प्रभावित

रियाद । साउदी अरबको राजधानी रियादमा मिसाइल आक्रमणको खतरा देखिएपछि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली अल नासर र उज्वेकिस्तानको नफ्तची फरगानाबीचको एसियन च्याम्पियन्स लिगको खेल प्रभावित भएको छ । अल-अब्बल पार्कमा हुने निर्धारित खेलअघि रियादमा विस्फोटका आवाज सुनिएपछि खेल एक घण्टा ढिला भएको हो । सुरक्षा सतर्कताका कारण खेल सुरु हुने समय सारिएको थियो । यद्यपि, खेल सम्पन्न हुँदा अल नासरले नफ्तची फरगानालाई ३-१ गोलले पराजित गर्यो । साउदी नेतृत्वको सैन्य गठबन्धनले रियादतर्फ प्रहार गरिएको हुथी विद्रोहीको ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ । उक्त घटनापछि रंगशालामा उपस्थित दर्शकलाई आ-आफ्नो सिटमा बसिरहन आग्रह गरिएको थियो । स्थानीय समयअनुसार राती ९ बजेर १५ मिनेटमा सुरु हुने तालिका थियो । निर्धारित समयभन्दा एक घण्टा ढिला खेल सुरु भएको थियो । समाचार संस्था एएफपीअनुसार खेल सुरु हुनुभन्दा केही समयअघि रियादमा विस्फोटका आवाज सुनेका थिए । त्यसै समयमा शहरका बासिन्दाको मोबाइल फोनमा हवाई आक्रमणको चेतावनीसहितको सन्देश आएको थियो । उक्त सन्देशमा सम्बन्धित क्षेत्र हवाई आक्रमणको जोखिममा रहेको भन्दै शान्त रहन, घर वा सुरक्षित स्थानमा बस्न तथा झ्याल र ढोकाबाट टाढा रहन आग्रह गरिएको थियो । साथै, नागरिक सुरक्षा निकायका निर्देशन पालना गर्न भनिएको थियो । रंगशालाका उद्घोषकले अवस्था सुरक्षित रहेको र खेल सञ्चालन हुने जानकारी दिँदै दर्शकलाई आफ्नो सिटमा बसिरहन आग्रह गरेका थिए । तर, खेलको प्रत्यक्ष प्रसारण गरिरहेको टेलिभिजन च्यानलले खेल एक घण्टा ढिला सुरु हुने जानकारी दिएको थियो । त्यसपछि सैन्य गठबन्धनले सामाजिक सञ्जाल एक्समार्फत् जारी गरेको वक्तव्यमा हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोकेर नष्ट गरिएको उल्लेख गरेको थियो । रियाद विमानस्थललाई लक्षित गरी पनि घातक आक्रमणका घटना भएको विवरण सार्वजनिक भएको छ । सुरक्षा सतर्कताबीच सुरु भएको खेलमा रोनाल्डोले पहिलो हाफ सकिनुभन्दा ठीकअघि गोल गर्नुभयो । यो उहाँको व्यावसायिक फुटबल करिअरको ९८१औँ गोल थियो । अब एक हजार गोलको आँकडा छुन उहाँलाई १९ गोल आवश्यक छ । रोनाल्डोको गोलसँगै अल नासरले खेलमा आफ्नो प्रभाव कायम राख्यो । अन्ततः टोलीले नफ्तची फरगानालाई ३-१ गोलले पराजित गर्दै जित हात पार्यो । ४१ वर्षीय रोनाल्डो साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहनुभएको छ । उहाँको व्यक्तिगत प्रदर्शनसँगै टोलीको जितको चर्चा भइरहेका बेला रियादमा देखिएको सुरक्षा जोखिमले पनि खेललाई प्रभावित पारेको थियो । यसैबीच, पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा रोनाल्डोलाई तीन खेलका लागि निलम्बन गरेको छ । महासंघले उहाँविरुद्ध अनुशासनात्मक अनुसन्धानसमेत अघि बढाएको छ । महासंघले शनिबार जारी गरेको वक्तव्यअनुसार यो विषय अनुशासनात्मक अनुसन्धान समितिमा पठाइएको छ । अनुसन्धान पूरा नभएसम्म समितिको निष्कर्ष गोप्य राखिने महासंघले जनाएको छ । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलका लागि निर्धारित समयावधिमा पोर्चुगलको राष्ट्रिय टोलीको शिविर छोड्नुभएको थियो । नयाँ प्रशिक्षक जर्ज जिसुससँग खेल्ने समयलाई लिएर विवाद भएपछि उहाँले शिविर छाडेको विवरण सार्वजनिक भएको थियो । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


