Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिटीको घरमा पीएसजी विजयी

सिटीको घरमा पीएसजी विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटीको घरमा पीएसजी विजयी

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ । अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा सुरुआती आधा घण्टाभित्र डेसिएर डोउ, ओसमन डेम्बेले र भिटिन्हाले गोल गरेपछि खेल पीएसजीनको नियन्त्रणमा गएको थियो । दोस्रो हाफमा सिटीका लागि इर्लिङ हालान्डले दुई गोल फर्काए पनि त्यो पर्याप्त रहेन् । लिभरपुलले पनि एक समय चार गोलको अग्रता लिएर पनि पछि तीन गोल खाएको थियो । बारकोलाले २४, ३७ र ६६ औं मिनेटमा गोल गरे । रियलले भने रोमाविरुद्ध ३–१ ले पछाडि रहेर पनि पुर्नआगमन जित रचेको हो । यस्तै फायनउडले कोमोलाई ३–२, बोडो/गिल्म्टले बोरुसियालाई १–०, रियल बेटिसले पोर्टोलाई ३–२, साख्तर डोटेस्कले एईके एथेन्सलाई ३–१ र स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई ३–० ले पराजित गर्‍यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताजा खबरJust now

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

गोरखापत्र
आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

केन्द्रबिन्दु
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
ताजा खबरJust now

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

रातोपाटी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
ताजा खबरJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play