स्मार्टवाच पनि हुन सक्छ ह्याक, कसरी सुरक्षित राख्ने व्यक्तिगत विवरण ?

काठमाडौं । स्मार्टवाच अहिले दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । समय हेर्नेदेखि स्वास्थ्य तथा फिटनेससम्बन्धी गतिविधि निगरानी गर्न, फोन कल गर्न र सन्देश प्राप्त गर्नसम्म यसको प्रयोग बढ्दो छ । तर, स्मार्टवाचको बढ्दो प्रयोगसँगै यसमा भण्डारण हुने व्यक्तिगत विवरण तथा संवेदनशील डाटाको सुरक्षाबारे पनि सचेत हुन आवश्यक छ ।स्मार्टफोन ह्याक हुन सक्ने जोखिमबारे धेरैलाई जानकारी भए पनि स्मार्टवाचसमेत साइबर आक्रमणको निशानामा पर्न सक्छ भन्ने विषयमा भने कमैको ध्यान जाने गरेको छ । विशेष गरी कमजोर सुरक्षा प्र
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिमा आधारित संयन्त्र निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण ...

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले टिकट खरिद प्रक्रियालाई सहज र छरितो बनाउने उद्देश्यले ई-टिकटिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।पहिलो चरणमा सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने ...

कम्पनी रजिष्ट्रारको अनलाइन प्रणालीमा समस्या, सेवाग्राहीलाई सास्ती
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण कम्पनीका विवरण अद्यावधिक गर्न तथा आवश्यक कागजात पेस गर्न सेवाग्राहीलाई कठिनाइ भएको छ । सरकारले दिएको कर, शुल्क, दस्तुर तथा जरिवाना छुटको सुविधा उपयोग गर्न असोज मसान्तभित्र विवरण बुझाउनुपर्ने समयसीमा नजिकिँदै गर्दा प्रणालीमा समस्या देखिएपछि कम्पनीका प्रतिनिधि चिन्तित बनेका छन् ।सेवाग्राहीका अनुसार पछिल्लो चार–पाँच दिनदेखि अनलाइन प्रणाली सुस्त चलिरहेको ...

नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट उपलब्ध गराउने
सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो। टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ तोकिएको छ। टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि ...


