नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट उपलब्ध गराउने

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो। टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ तोकिएको छ। टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको हो। जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबीपीएसको ११ हजार ४९९ र १५० एमबीपीएसको रु १२ हजार ९९९ शुल्क लाग्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए। टेलिकमले २०० एमबीपीएसको इन्टरनेट १६ हजार ४९९ मा उपलब्ध गराउनेछ। वार्षिक ग्राहकका लागि दैनिक ८०० देखि १००० एमबी मोबाइल डाटासमेत निःशुल्क उपलब्ध हुनेछ। यी प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु ५००) नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। यी सबै अफरहरु आजदेखि लागू हुनेछन्।–रासस The post नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट उपलब्ध गराउने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्। पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक ...

नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क
३० असोज, काठमाडौं। नेपाल टेलिकमले एफटीटीएच (NT Fiber) प्रयोगकर्ताका लागि WiFi 6 प्रविधिसहितका नयाँ वार्षिक इन्टरनेट प्याकेजहरू असोज ३० देखि लागू हुने गरी सार्वजनिक गरेको छ। ३० Mbps देखि २०० Mbps सम्मका प्याकेज र नि:शुल्क जडानको सुविधा उपलब्ध छ। नेपाल टेलिकमले एफटीटीएच (FTTH – Fiber to the Home) सेवा अन्तर्गत एनटी फाइबर (NT Fiber) प्रयोगकर्ताहरूका […] The post नेपाल टेलिकमद्वारा वाइफाइ ...

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिमा आधारित संयन्त्र निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण ...

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले टिकट खरिद प्रक्रियालाई सहज र छरितो बनाउने उद्देश्यले ई-टिकटिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।पहिलो चरणमा सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने ...


