चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्। पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ। बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन्। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ–टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताए। शिवपुरी राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनको भनाइ छ। उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ इ–टिकटिङ अति आवश्यक देखिएको हो।’ उनले नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्ने बताए। प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उनले जानकारी दिए। सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ–टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए। दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे। उनले भने, ‘प्रविधि प्रयोग गर्दा सुरुमा केही अन्योल हुन सक्छ। तर, मोबाइलमा विभिन्न एप चलाउने हामीले मोबाइल बैंकिङ प्रयोग गर्न पनि हिचकिचाउनु हुँदैन। यो सुरुआती चरण हो। प्राविधिक रूपमा देखिने समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्छ।’ उनले इ–टिकटिङ प्रणालीलाई थप प्रभावकारी बनाउन पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्नेमा जोड दिए। टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो। सांसद ढकालले निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको पनि जानकारी दिए।–रासस The post चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

टेस्लाले सार्वजनिक गर्यो उड्ने रोडस्टर कार: स्पेसएक्सका थ्रस्टर प्रयोग, हावामा उड्न र घुम्न सक्ने
टेस्लाले बिहीबार रकेटमा प्रयोग हुने प्रविधिजस्ता थ्रस्टर जडित नयाँ डिजाइनको रोडस्टर सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय स्पोर्ट्स कारको नयाँ पुस्ताको संस्करण पहिलो पटक देखाएको एक दशकभन्दा बढी समयपछि सन् २०२८ मा यसको उत्पादन सुरु गर्ने जनाएको छ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कको रकेट कम्पनी स्पेसएक्ससँगको सहकार्यमा विकसित सेतो रङको दुई सिट भएको यो गाडीले सक्सन प्रणाली प्रयोग गरी एउटा र्याम्पमा उल्टो ...

अन्तिम समयमा सर्भर क्य्रास: कम्पनी रजिष्ट्रार कार्यालयको चरम लापरबाहीले हजारौँ व्यवसायी मारमा
सरकारले वर्षौ देखि निष्क्रिय रहेका कम्पनीहरूलाई अद्यावधिक (अपडेट) गराउन दिएको शतप्रतिशत जरिमाना छुटको समयावधि सकिनै लाग्दा कम्पनी रजिष्ट्रारको कार्यालयको चरम लापरबाहीका कारण कम्पनी संचालकहरूले सरकारी सुविधा उपयोग गर्न नपाउने अबस्था बनेको छ। सरकारले यही २०८३ असोज मसान्तसम्म निष्कृय कम्पनीहरूलाई अद्यावधिक गर्दा लाग्ने शतप्रतिशत जरिमाना छुट दिने घोषणा गरेको थियो। तर, छुटको म्याद सकिनै लाग्दा कार्यालयको आधिकारिक वेबसाइट तथा अनलाइन प्रणाली पूर्ण ...

नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क
३० असोज, काठमाडौं। नेपाल टेलिकमले एफटीटीएच (NT Fiber) प्रयोगकर्ताका लागि WiFi 6 प्रविधिसहितका नयाँ वार्षिक इन्टरनेट प्याकेजहरू असोज ३० देखि लागू हुने गरी सार्वजनिक गरेको छ। ३० Mbps देखि २०० Mbps सम्मका प्याकेज र नि:शुल्क जडानको सुविधा उपलब्ध छ। नेपाल टेलिकमले एफटीटीएच (FTTH – Fiber to the Home) सेवा अन्तर्गत एनटी फाइबर (NT Fiber) प्रयोगकर्ताहरूका […] The post नेपाल टेलिकमद्वारा वाइफाइ ...


