Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कमला नदीको पुलबाट मङ्सिर अन्तिम सातादेखि यातायात सञ्चालन हुने

कमला नदीको पुलबाट मङ्सिर अन्तिम सातादेखि यातायात सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कमला नदीको पुलबाट मङ्सिर अन्तिम सातादेखि यातायात सञ्चालन हुने

जनकपुरधाम। हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोका अनुसार आउँदो मङ्सिर अन्तिम सातादेखि पुल सञ्चालनमा ल्याउने योजना छ। धनुषा र सिराहा जिल्ला जोड्ने उक्त पुल निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बिनी काठमाडौँसँग सम्झौता भएको थियो। २०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला असार १७ गते आएको बाढीले पुलका दुई वटा पिल्लर भासिएपछि यातायात अवरुद्ध भएको थियो। निर्माण कम्पनीको बिमा कम्पनीसँगको विवादका कारण पिल्लर मर्मत कार्य लामो समय रोकिएको थियो। अहिले भासिएका पिल्लरको सबलीकरण र नयाँ पिल्लर निर्माणको काम तीव्र गतिमा भइरहेको छ। महतोले भने, “निर्माण कम्पनीको सक्रियता, निर्देशनालयको निरन्तर प्रयास र जनप्रतिनिधिको पहलले काम अन्तिम चरणमा पुगेको छ।” निर्माण कम्पनीका प्रतिनिधि सूर्यप्रकाश शर्माका अनुसार भदौ महिनामा आएको बाढीले केही ढिलाइ भए पनि हाल काम अन्तिम चरणमा छ। पुल सञ्चालनमा आउने खबरले धनुषा र सिराहाका स्थानीय हर्षित भएका छन्। कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार यो पुल सञ्चालनमा आएपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम र राजविराजबीचको आवतजावत सहज हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play