Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने, भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने अपेक्षा

प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने, भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने, भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने अपेक्षा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने बताए । मन्त्री खनालले भने, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छैनौ ।” वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए । “भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगती होस् भन्ने छ”, मन्त्री खनालले भने । भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको हो । The post प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने, भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने अपेक्षा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

११ तस्बिरमा हेर्नुहोस् गगन थापाको पदभार
ताजा खबरJust now

११ तस्बिरमा हेर्नुहोस् गगन थापाको पदभार

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले शनिबार पदभार ग्रहण गरेका छन् । पार्टी कार्यालय सानेपामा सभापतिको शपथ लिएसँगै उनले पदभार ग्रहण गरेका हुन् । राजधानीमा हालै सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी... ...

रातोपाटी
फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिए सक्रिय खेलजीवनबाट सन्न्यास
ताजा खबरJust now

फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिए सक्रिय खेलजीवनबाट सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो ...

कर्पोरट खबर
सिरहामा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिसे कटुवा पेस्तोल
ताजा खबरJust now

सिरहामा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिसे कटुवा पेस्तोल

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीमा शनिबार गाँजाका बोट फँडानी गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बोट लगाइएको भन्ने... ...

रातोपाटी
बिहान साइबर ब्युरो लगिएको म बेलुका घर फर्किएको छु : किशोर श्रेष्ठ
ताजा खबरJust now

बिहान साइबर ब्युरो लगिएको म बेलुका घर फर्किएको छु : किशोर श्रेष्ठ

शनिबार बिहान नेपाल प्रहरीको साइबर ब्युरो लगिएका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ बेलुका घर फर्किएका छन्। पत्रकार श्रेष्ठ स्वयंले आफू घर फर्किएको जानकारी गराएका हुन्।    ‘प्रेसजगत्‌को ऐतिहासिक एकता आज पुनः प्रदर्शन भएको छ’ऽ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बिहान घरबाट लगिएको म बेलुका घर फर्किएको छु... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play