फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिए सक्रिय खेलजीवनबाट सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उनले सामाजिक सञ्जालमा लेखेका छन् । फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् । उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए । The post फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिए सक्रिय खेलजीवनबाट सन्न्यास appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

निरीक्षक सुरेश कुमार हायुद्वारा प्रहरी महानिरीक्षक कार्कीलाई १० लाखको छात्रवृत्ति अक्षयकोष हस्तान्तरण
प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ। ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महान... ...

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
काठमाण्डु – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाण्डु उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) […] ...

दसौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट उसुका २३ खेलाडी छनोट
शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट सान्दातर्फ १५ र थाउलुतर्फ ८ गरी २३ खेलाडी छनोट भएका छन्। ...

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा... ...


