पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैँ सादगीपूर्वक मनाउने हुनुभएको छ । उहाँले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने हुनुभएको हो । निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा प्राकृतिक विपत्तिका कारण देशमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको उल्लेख छ । सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिमा सयौँ मानिसको दुःखद निधन भएको र हजारौँ विस्थापित भएको परिस्थितिलाई ध्यानमा राख्दै पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै दशैँ सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको हो । सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ ।’ सचिवालयले यस वर्षको विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको पनि स्पष्ट पारेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति संवेदनशीलता प्रकट गर्दै पूर्वराजा शाहले दशैँमा टीका लगाइदिने परम्परागत कार्यक्रम नराख्ने निर्णय गर्नुभएको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


