दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल, २०३ जना प्रस्थान

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली हिजो (बुधबार) मिसन इलाकातर्फ प्रस्थान गरेको छ । यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०४ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फिर्ता भएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत
२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् । उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ । गत प्रतिनिधि सभा निर्वाचनमा… ...

राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ… ...

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)
शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौं उपत्यकाको मौलिक दशैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर ...

दशैं त रचना रिमाललाई पो लाग्यो
बिहान अस्ट्रेलियाको कुनै समुद्री तटमा जिसस क्राइस्टले जस्तै हात फैलाएर उभिएकी छिन् । मध्याह्न अत्याधुनिक सहरलाई पृष्ठभूमिमा राखेर मख्ख पर्दै फोटो खिचाएकी छिन् । साँझ प्रवासी नेपालीहरूको भीडमा स्टेज पर्फर्मेन्स गरिरहेकी छिन् । अर्को दिन फेरि एउटा चिल्लो भवनभित्र सेल्फी खिच्दै ‘हेल्लो मलेसिया’ लेखेकी छिन् । अनि लगत्तै ‘नेपाल आइपुगेको’ जनाउ दिएकी छिन् । त्यसपछि… ...


