सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो हो, अरूलाई नजोडियोस् : जीबी राई

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी राईले ग्यालेक्सी टेलिभिजनमा सहकारीबाट लगानी भएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। आर्थिक स्रोत व्यवस्थापन गर्ने जिम्मेवारी कम्पनीको अध्यक्षका रूपमा आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको दाबी गरेका छन्। आफ्नो वक्तव्यमा राईले गोरखा मिडिया नेटवर्क आफ्नो भएको र सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि आफ्नै भएको बताएका छन्। ‘गोर्खा मिडिया नेटवर्क मेरो हो, म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन, समाधानको जिम्मेवारी पनि मेरो हो,’ उनले भनेका छन्। कर्मचारी वा अन्य व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरुपयोग भएको हुन सक्ने भन्दै राईले त्यस्ता विषयमा अरू व्यक्तिलाई अनावश्यक रूपमा जोड्न नहुने धारणा राखेका छन्। राईले ग्यालेक्सी टेलिभिजनलगायत केही कम्पनीमा सहकारीको रकम लगानी गरिएको स्वीकार गरेका छन्। तर, ती कम्पनीले अपेक्षाअनुसार प्रतिफल दिन नसकेको उनको भनाइ छ। आर्थिक अवस्था बिग्रँदै जाँदा केही कम्पनी धराशायी भएको र बन्द गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्। कोभिड–१९ महामारीपछिको आर्थिक मन्दी तथा रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको प्रभावले ऋण असुली प्रभावित भएको राईको दाबी छ। बचतकर्ताको रकम र त्यसको ब्याज सुनिश्चित गर्ने उद्देश्यले केही निजी कम्पनीमा लगानी गरिएको भए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उनले उल्लेख गरेका छन्। राईले आफ्नो पक्राउ मात्र सहकारी समस्याको समाधान नभएको बताएका छन्। आफू कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो खोजीमा शक्ति संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको बताएका छन्। बरु निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अपनाएर बचतकर्ताको रकम व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको उनको दाबी छ। उनले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूको सहयोगमा केही जग्गाजमिनको व्यवस्थापन गरेको पनि बताएका छन्। आवश्यक परे उक्त सम्पत्ति वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र आफ्नो दायित्व पूरा गर्ने उनले बताएका छन्। जीवनभर लुकेर भागेर हिँड्न नचाहेको उल्लेख गर्दै राईले सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन्। आर्थिक मुद्दामा जोडिएका फरार व्यक्तिलाई थुन्नेभन्दा समस्या समाधान गर्ने योजना सरकारले ल्याए आफूजस्ता धेरै व्यक्ति स्वदेश फर्किन इच्छुक हुने उनको दाबी छ। राईले सहकारी संस्थाहरू संकटमा पर्नुमा आर्थिक मन्दीका साथै राज्यको व्यवहार र नियमन प्रणालीसमेत जिम्मेवार रहेको आरोप लगाएका छन्। सहकारीमाथि राजनीतिक स्वार्थका कारण प्रहार भएको उनको दाबी छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


