Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

काठमाडौं।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्। महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन्। उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन्। उनले ५ हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन्। त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन्। उनले कुल मतको ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन्। पाँचौँ स्थानमा महिला सहमहामन्त्री प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन्। दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा रहेका छन्। उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन्। जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ। उनले ६९.१ प्रतिशत मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन्। उनले कुल मतको ६८.८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, गण्डकीबाट ३५ वर्षमुनिका युवामध्ये केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल दशौं स्थानमा छन् । उनले ४ हजार ५४९ मत अर्थात उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन्। सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार१. गगनकुमार थापा — सभापति — ६,५८४ मत (९४.६%)२. चिरीबाबु महर्जन — खुला केन्द्रीय सदस्य — ५,३३० मत (७७.५%)३. वासना थापा — महिला खुला केन्द्रीय सदस्य ५,१९३ मत (७४%)४. हरिप्रभा खड्गी — बागमतीबाट महिला केन्द्रीय सदस्य — ५,१२६ मत (७३.८%)५. प्रतिमा गौतम — महिला सहमहामन्त्री — ५,११६ मत (७२.९%)६. निश्कल राई — खुला केन्द्रीय सदस्य — ४,९५६ मत (७२%)७. प्रकाश रसाइली ‘स्नेही’ — दलित सहमहामन्त्री — ४,८०३ मत (६९.२%)८. तीर्थ लामा — जनजाति केन्द्रीय सदस्य — ४,८५३ मत (६९.१%)९. इन्द्रबहादुर बानियाँ — खुला केन्द्रीय सदस्य — ४,७३२ मत (६८.८%)१०. इन्जिनियर सुवास पौडेल — ३५ बर्ष मुनि गण्डकीबाट युवा केन्द्रीय सदस्य — ४,५४९ मत (६५.८%)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...

नेपालन्युज
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
ताजा खबरJust now

चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग

• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

नेपालबहस
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

केन्द्रबिन्दु
सीजेपीका संस्थापक अभिजित दिपके रिहा
ताजा खबरJust now

सीजेपीका संस्थापक अभिजित दिपके रिहा

शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्‍नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play