‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा नीति निर्माण गर्नुपर्ने बताए । उनले पार्टीका विषयगत विभागहरूलाई समेत अनुसन्धानमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्न आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘ समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक छ । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्छ । पार्टीका विषयगत विभागहरूले पनि अनुसन्धान र तथ्यमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्नुपर्छ ।’

ओलीले नीति निर्माण गर्दा वर्तमान समस्याको समाधान मात्र नभई भविष्यलाई समेत ध्यान दिनुपर्ने बताए । कृषि, पूर्वाधार विकास, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले राज्यको मुख्य उद्देश्य जनताको जीवनस्तर उकास्नु, गरिबी न्यूनीकरण गर्नु र नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए । जातीय आधारमा आरक्षणको विषयमा चर्चा गर्दै उनले जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ ओलीले भने ।

ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे । उनले राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकका आर्थिक तथा सामाजिक अधिकारसमेत सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए । अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो ।
उनले विगतका अनुभव, वर्तमान परिस्थितिको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रको अध्ययन गरी कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने पहिचान गर्नुपर्ने उनले बताए ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन, मोबाइल एपबाटै आवेदन दिन सकिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ । पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले पार्टीको ...

आईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन नेपाली टोली चीन जाने
२९ असोज, काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास… ...

कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ
लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी रोक्ने स्थानमा यात्रुले चाहेजस्तो सफा र स्वच्छ खाना दिने अन्य होटल नै हुँदैनन् । ...

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग
राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् । बैठकमा नेपाली कम्युनिष्ट ...