रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन, मोबाइल एपबाटै आवेदन दिन सकिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ । पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मधेशमा कर्मचारी सरुवामा चलखेल
मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ । ...

आईएमएफले भन्यो– नेपालले केन्द्रीय बैंकको स्वायत्तता जोगाओस्
आईएमएफकी उपनिर्देशक सोनाली जैन–चन्द्राले भनिन्– नेपालमा सञ्चालित ईसीएफ कार्यक्रमका अवधिमा केन्द्रीय बैंकको स्वायत्ततामा हासिल भएका उपलब्धिहरूलाई कायम राख्न र संरक्षण गर्न अत्यन्तै महत्वपूर्ण छ भन्ने मान्यता राख्छौं । ...




