खोटाङमा ५२ वर्षीय हर्कु राईको शङ्कास्पद मृत्यु, पाँच युवा नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा प्रहरीले पाँच जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेका राईको घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनाको प्रकृति शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि पाँच जना युवालाई नियन्त्रणमा लिइएको हो। प्रहरी निरीक्षक बस्नेतले हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको खुलेको जानकारी दिए। उनका अनुसार मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले नियन्त्रणमा लिएका पाँचै जनालाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। मृतकका आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। हर्कु राईको शव परीक्षणका लागि बिहीबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


