Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अर्काको नामबाट अख्तियारमा झुठा उजुरी दिनेलाई जरिबाना

अर्काको नामबाट अख्तियारमा झुठा उजुरी दिनेलाई जरिबाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्काको नामबाट अख्तियारमा झुठा उजुरी दिनेलाई जरिबाना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुठा उजुरी दिएको पुष्टि भएपछि रुकुम पश्चिमका एक व्यक्तिलाई २ हजार रुपैयाँ जरिबाना गरिएको छ । आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम जरिबाना गरेको हो । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा मगरले अर्कै व्यक्तिको नामबाट झुठा उजुरी दिएको तथ्य पुष्टि भएको जनाएको छ । आयोगमा एबी राई (आङबाबु राई)का नामबाट नेपाल प्रहरीका डीआईजी बताउने एक व्यक्तिले आफू अध्यक्ष रहेको सहकारीबाट ऋण लिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीमा आफूविरुद्ध परेका उजुरी मिलाइदिने भन्दै ती डीआईजीले ४० लाख रुपैयाँमध्ये १५ लाख नगद र कान्छी श्रीमतीको नाममा थप रकम लिएको तथा धम्की दिएर रकम मागेको आरोप लगाइएको थियो । उजुरीमाथि अनुसन्धान गर्दा एबी राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको बयान दिएका थिए । थप अनुसन्धानका क्रममा आठबिसकोट नगरपालिका–५ का मगरले २०८३ असार १७ गते आयोगसमक्ष उक्त उजुरी आफूले नै एबी राईको नामबाट दिएको स्वीकार गरेको आयोगले जनाएको छ । मगर र आङबाबु राई दुवैले त्यस्तो कुनै घटना नभएको, आफूलाई कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए । त्यसपछि राईको नाम र हस्ताक्षर प्रयोग गरी उनलाई दुःख तथा हैरानी दिने बदनियतले मगरले झुठा उजुरी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play