दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आएका तेन्जिङ तार्के तामाङले बताए । “डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भने, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दशैंको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दशैंअघि बिक्री गरिसक्ने योजना छ ।” उनका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ । हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उनको अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उहाँको आकलन रहेको छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दशैंलक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताए । यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादशैंलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादशैं र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दशैंमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो । “स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दशैंमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भने, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।” हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडाैँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च
काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको... ...

सवारी दुर्घटनामा एकको मृत्यु, पन्ध्रजना घाइते
भक्तिविलास पोखरेलगाईघाट, असोज २९ गते । उदयपुरको त्रियुगा नपा वडा –७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बाप्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन... ...

झापाको दमक फाइनलमा प्रवेश
हरिप्रसाद कोइरालाउर्लाबारी, असोज २९ गते । झापाको दमक भेट्रान सडन डेथमा १–० गोलले चारपाने युनाइटेडलाई हराउँदै दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण जहदा भेट्रान कपको फाइनलमा प्रवेश गरेको... ...

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुला गरेको हो। रास्वपाका अनुसार पार्टीले ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी प्रक्रिया सुरु गरेको छ। स्थानीय तहमा नेतृत्व लिन चाहने इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन ...


