आज नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने चलन छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
एसिया–प्रशान्त क्षेत्रीय समूहबाट सबैभन्दा बढी मत पाउँदै नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । ...

नयाँ दिल्लीमा पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक, दिल्ली घोषणापत्र जारी
भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा बिमस्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले ‘दिल्ली घोषणापत्र’ स्वीकार गरेको शाहले जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकले बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छैटौँ बिमस्टेक शिखर सम्मेलनमा अघि सारेको दृष्टिकोणअनुरूप बैठकले दीर्घकालीन शान्ति, सुरक्षा र समृद्धिका लागि क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने शाहको ...

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको… ...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० ...


