हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
एसिया–प्रशान्त क्षेत्रीय समूहबाट सबैभन्दा बढी मत पाउँदै नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । ...

नयाँ दिल्लीमा पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक, दिल्ली घोषणापत्र जारी
भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा बिमस्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले ‘दिल्ली घोषणापत्र’ स्वीकार गरेको शाहले जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकले बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छैटौँ बिमस्टेक शिखर सम्मेलनमा अघि सारेको दृष्टिकोणअनुरूप बैठकले दीर्घकालीन शान्ति, सुरक्षा र समृद्धिका लागि क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने शाहको ...

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको… ...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० ...


