Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

काठमाडौं । दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ। यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए। तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए। यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन्। यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको छ। यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित थिएन। यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ। ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको छ। यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ। यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ। कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भन्नुभयो, “यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ। हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो।” यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो। यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ। The post यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना
ताजा खबरJust now

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना

काठमाडौँ । बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले... ...

रातोपाटी
बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग
ताजा खबरJust now

बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग

सोलुखुम्बु समाचारदातासोलुखुम्बु, असोज २९ गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भदौ १० ग... ...

गोरखापत्र
बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
ताजा खबरJust now

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई ...

केन्द्रबिन्दु
प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
ताजा खबरJust now

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play