काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ ।

दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा भइरहेको छ । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म सडकमा मार्किङ गर्ने काम भइरहेको छ ।

हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माण भइरहेको छ भने कालिमाटी क्षेत्रमा जेब्रा क्रसिङ बनाउने काम जारी छ । त्यस्तै, करिब ६ किलोमिटर सडकमा एज लाइन निर्माणको काम सम्पन्न भइसकेको रौनियारले जानकारी दिइन् ।

सडकको प्रकृति र सुरक्षालाई ध्यानमा राखेर एज लाइनमा पहेँलो तथा सेन्टर लाइन र जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग भइरहेको उनले बताइन् । स्पष्ट सडक चिह्नले चालकलाई लेन पहिचान गर्न र पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहज बनाउने उनको भनाइ छ ।

‘काठमाडौंका सडकहरू दिउँसो निकै व्यस्त हुने भएकाले सडक सुरक्षा तथा सडक चिह्नसम्बन्धी काम रातिको समयमा गर्ने गरेका छौँ । हामी करिब राति ८ बजेदेखि नै तयारीमा जुट्छौँ र ९ बजेदेखि काम सुरु हुन्छ,’ रौनियारले भनिन् ।

उनका अनुसार काठमाडौंका मुख्य सडकमा दशैंअघि नै रोड मार्किङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दशैं र तिहारको बीचमा अन्य सडकमा समेत मार्किङको कामलाई निरन्तरता दिइनेछ ।

काठमाडौंका सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणका लागि सडक डिभिजन काठमाडौंले के.ए.एम./रुवी/अयान जेभीसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार आयोजनाका लागि भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको बोलपत्र स्वीकृत भएको छ ।

२०८३ असार २६ गतेदेखि सुरु भएको आयोजनाको काम २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडकमा आवश्यक ट्राफिक संकेत, लेन चिह्न, जेब्रा क्रसिङ तथा अन्य सुरक्षा संरचना निर्माण भएपछि सवारीसाधन र पैदलयात्रीको आवागमन थप व्यवस्थित र सुरक्षित हुने सडक डिभिजन काठमाडौंको अपेक्षा छ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...

चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आमनागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई आईजीपी पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिनुका साथै आउँदै गरेको विजया दशमी, शुभ […] ...

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको ...

आजकल के गर्दै होलान् जोन सिना ?
सानै उमेरदेखि जोन सिनाको मनमा एउटै धुन सवार थियो- रेस्लिङ । घरमै कागजको बेल्ट बनाएर कम्मरमा बाँध्दै विश्व च्याम्पियन बनेको सपना देख्ने तिनै साना बालक पछि गएर विश्व प्रसिद्ध रेस्लिङ स्टार बने । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) मा करिब २४ वर्ष बिताएका सिनाले १७ पटक विश्व च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गराए । गत डिसेम्बरमा उनले… ...