Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बुढीगण्डकी बाढी पीडितको उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

बुढीगण्डकी बाढी पीडितको उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढी पीडितको उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौं, असोज २५ । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्री बालेन्द्र साहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री साहले आज साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको बताउनुभएको हो। उहाँका अनुसार बाढीले झोलुङ्गे पुल, पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरू बगाएको छ। ४३७ सुरक्षाकर्मी र चार हेलिकोप्टर परिचालन बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल नेपालका १७७ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत परिचालन गरिएका छन्। बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएको थियो। टोलीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ। प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री साहले उल्लेख गर्नुभएको छ। ६ जिल्लाका प्रतिकार्यकर्तालाई सतर्क रहन एसएमएस राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाएको थियो। त्यसैगरी, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र तथा बाढी पूर्वानुमान महाशाखामार्फत गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना सम्प्रेषण गरिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोन लिएर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। राहत सामग्री ढुवानी, बेलीब्रिज जडानको तयारी बाढीबाट प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। सडक सञ्चालन तथा बेलीब्रिज जडानको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ। आरुघाटमा बेलीब्रिज जडानका लागि पनि तयारी थालिएको प्रधानमन्त्री साहले बताउनुभएको छ। बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक कदम अघि बढाएको उहाँको भनाइ छ। गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई आवश्यक निर्देशन दिइएको छ। विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर बाढीको अवस्था अनुगमन, जोखिम विश्लेषण, सूचना सम्प्रेषण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर भइरहेको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। बैठकबाट सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्नुका साथै आवश्यक निर्देशन दिइँदै आएको उहाँले उल्लेख गर्नुभएको छ। बाढीसम्बन्धी सूचना प्राधिकरणलगायत सरोकारवाला निकायका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट निरन्तर सार्वजनिक भइरहेको छ। प्रधानमन्त्री साहले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ। सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने, बेपत्ताहरूको खोजी तथा उद्धार गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्‍याउने प्रस्ताव
राजनीतिJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्‍याउने प्रस्ताव

पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्‍याउने​ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव ...

फरकधार
निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा
राजनीतिJust now

निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा

भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको ...

फरकधार
संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’
राजनीतिJust now

संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’

विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले दिएका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्। प्रहरी र निजामती प्रशासनसम्बन्धी कानुन निर्माणदेखि वित्तीय हस्तान्तरणसम्मका विषयमा संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले अधिकारविहीन अवस्थामा प्रदेश सरकारबाट परिणाम खोजिएको बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play