Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

10/15/2026, 6:04:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं – बडादसैँको महानवदुर्गाअन्तर्गत आज पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । मातृत्व, वात्सल्य, स्नेह र सन्तान सुखकी प्रतीक मानिने स्कन्दमाताको पूजा गरेमा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता भएकाले देवीको यो स्वरूपलाई स्कन्दमाता भनिएको हो। भगवान् स्कन्द देवसेनाका सेनापति हुन् । पौराणिक मान्यताअनुसार, स्कन्दमाताले बालरूपका कार्तिकेयलाई काखमा राखेर ममता प्रदान गर्ने मातृशक्तिको प्रतिनिधित्व गर्छिन् । सिंहलाई वाहनका रूपमा प्रयोग गर्ने स्कन्दमातालाई सिंहवाहिनी पनि भनिन्छ। चार हात भएकी देवीका दुई हातमा कमलका फूल रहेका छन् भने अर्को हातमा बालरूपका भगवान् स्कन्द विराजमान छन् । चौथो हात अभय मुद्रामा रहेको हुन्छ। सेतो वस्त्रमा सुशोभित देवीको स्वरूपलाई शान्ति, पवित्रता र दिव्य तेजको प्रतीक मानिन्छ । तारकासुर वधसँग जोडिएको पौराणिक कथा पौराणिक कथाअनुसार, दैत्यराज तारकासुरले कठोर तपस्या गरी भगवान् शिवबाट आफ्नो मृत्यु शिवपुत्रबाट मात्र हुने वरदान प्राप्त गरेका थिए। यही वरदानको शक्तिमा उनले स्वर्ग र पृथ्वीलोकमा आतंक मच्चाउन थालेपछि देवताहरूले भगवान् शिव र देवी पार्वतीसँग सहायता मागे। त्यसपछि शिव र पार्वतीका पुत्रका रूपमा भगवान् स्कन्द अर्थात् कार्तिकेयको जन्म भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। देवी पार्वतीले आफ्ना पुत्रलाई ज्ञान, युद्धकला र पराक्रममा सक्षम बनाउँदै देवसेनाको सेनापति बन्न योग्य बनाइन्। कार्तिकेयले तारकासुरको वध गरी देवताहरूलाई राहत दिएको कथासँग स्कन्दमाताको स्वरूप जोडिएको छ । यस कथाले मातृत्वको ममता र शक्तिको सामर्थ्यलाई एकसाथ प्रस्तुत गर्ने धार्मिक विश्वास छ । सन्तान सुख र समृद्धिकी देवी स्कन्दमातालाई सन्तान सुख, पारिवारिक कल्याण र आध्यात्मिक ज्ञान प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ । सन्तान प्राप्तिको कामना गर्ने तथा आफ्ना सन्तानको सुख, स्वास्थ्य र प्रगतिको कामना गर्ने भक्तजनले उनको आराधना गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, स्कन्दमाताको उपासनाले भक्तको मनमा शान्ति, ज्ञान र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । नवरात्रको पाँचौँ दिन साधकको मन विशुद्ध चक्रमा केन्द्रित हुने मान्यता पनि छ। यस दिन देवीको ध्यान र उपासनाले आध्यात्मिक चेतना तथा आत्मिक शान्ति प्राप्त हुने विश्वास गरिन्छ । कसरी गरिन्छ पूजा आराधनारु नवरात्रको पाँचौँ दिन बिहान स्नान गरी शुद्ध भएर स्कन्दमाताको मूर्ति वा तस्बिर स्थापना गरिन्छ । त्यसपछि फूल, अक्षता, धूप, दीप र नैवेद्य अर्पण गर्दै विधिपूर्वक पूजा गरिन्छ। धार्मिक परम्पराअनुसार देवीलाई केरा तथा मिठाई चढाउने चलन पनि छ । यस दिन श्रद्धापूर्वक देवीको ध्यान, मन्त्रजप र आराधना गर्दा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास गरिन्छ । स्कन्दमाताको ध्यान मन्त्र : सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।शुभदा सदा देवी स्कन्दमाता यशस्विनी॥ नवरात्रका नौ दिनमध्ये प्रत्येक दिन दुर्गा भवानीको फरक स्वरूपको पूजा गर्ने परम्परा छ । पाँचौँ दिन स्कन्दमाताको आराधना गर्दै भक्तजनले मातृशक्ति, करुणा, ज्ञान र कल्याणको कामना गर्ने गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताजा खबरJust now

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

गोरखापत्र
आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

केन्द्रबिन्दु
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
ताजा खबरJust now

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

रातोपाटी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
ताजा खबरJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play