Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आइसीसीको मान्यतापछि एनपीएलमा एक टिमले बढीमा आठ विदेशी खेलाडी राख्न पाउने

आइसीसीको मान्यतापछि एनपीएलमा एक टिमले बढीमा आठ विदेशी खेलाडी राख्न पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइसीसीको मान्यतापछि एनपीएलमा एक टिमले बढीमा आठ विदेशी खेलाडी राख्न पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रत्येक टिमले ६ देखि अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विदेशी खेलाडीको सङ्ख्या बढाइए पनि प्रत्येक टोलीले सात नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृति प्रक्रियाअन्तर्गत खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ र सञ्चारमाध्यमको पहुँचसम्बन्धी मापदण्ड लागू हुने जानकारी दिए । अब एनपीएलमा सहभागी हुन आउने खेलाडीले सम्बन्धि बोर्डको एनओसी अनिवार्य लिएर आउनुपर्ने भएको छ । त्यस्तै अब हरेक फ्रेन्चाईजीले एक एसोसियटस खेलाडी अनिवार्यसहित आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् । एनपीएल सुरु हुनुअघिको लगातार छ महिनामा आईसीसी र सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृति नपाएका प्रतियोगितामा खेलेका खेलाडी एनपीएलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको उनले बताए । अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनिवार्य रूपमा स्वीकृति प्रमाणपत्र लिनुपर्नेछ । खड्काका अनुसार क्यानले आईसीसीले राखेका आवश्यक सर्त स्वीकार गरिसकेको छ । प्रतियोगिताको टी–२० मान्यता, निर्णय समीक्षा प्रणाली (डीआरएस), अम्पायरिङ र खेल सञ्चालनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गरिने उनले बताए । The post आइसीसीको मान्यतापछि एनपीएलमा एक टिमले बढीमा आठ विदेशी खेलाडी राख्न पाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा
ताजा खबरJust now

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेतृत्वमा रहँदा कुनै गल्ती गरे पार्टीले आफूलाई सभापतिबाट हटाएर अघि बढ्नुपर्ने बताउनुभएको छ। व्यक्ति पार्टीभन्दा ठूलो हुन नसक्ने स्पष्ट पार्दै उहाँले आफ्नो कमजोरीको जिम्मेवारी आफैँले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले व्यक्तिगत कमजोरी र गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभयो। ...

हिमालय टाइम्स
मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
ताजा खबरJust now

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित... ...

रातोपाटी
ध्रुव राठीविरुद्ध मानहानि मुद्दामा पक्राउ पुर्जी, आठ वर्ष पुरानो भिडियो विवाद फेरि अदालतमा
ताजा खबरJust now

ध्रुव राठीविरुद्ध मानहानि मुद्दामा पक्राउ पुर्जी, आठ वर्ष पुरानो भिडियो विवाद फेरि अदालतमा

चर्चित भारतीय युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ मा सामाजिक सञ्जालमा प्रकाशित एउटा भिडियोसँग सम्बन्धित मानहानि मुद्दामा दिल्लीको अदालतले जमानती पक्राउ पुर्जी जारी गरेको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय जनता पार्टी (भाजपा) को सूचना प्रविधि (आईटी) सेलले आफ्नो चरित्रहत्या गर्न एक व्यक्तिलाई घुस दिने प्रयास गरेको आरोप राठीले उक्त भिडियोमार्फत लगाएका थिए । सन् २०१८ को मे महिनामा प्रकाशित ...

फरकधार
नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
ताजा खबरJust now

नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play