यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। जापानी येन एकको खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा रहेको छ। केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ। त्यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
एसिया–प्रशान्त क्षेत्रीय समूहबाट सबैभन्दा बढी मत पाउँदै नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । ...

नयाँ दिल्लीमा पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक, दिल्ली घोषणापत्र जारी
भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा बिमस्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले ‘दिल्ली घोषणापत्र’ स्वीकार गरेको शाहले जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकले बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छैटौँ बिमस्टेक शिखर सम्मेलनमा अघि सारेको दृष्टिकोणअनुरूप बैठकले दीर्घकालीन शान्ति, सुरक्षा र समृद्धिका लागि क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने शाहको ...

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको… ...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० ...


