बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

काठमाडौं । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् । मङ्गलबार साँझ करिब ८ :३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उनले बताए । पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुःखद् बताए । उनका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ । उनले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिए । दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उनले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताए। दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उनले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गरेका छन् । यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।-रासस/एएनआई
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


