‘सारथी’ प्रोमोमा निरुताको फरक अवतार

काठमाडौं । कुमार गजुरेल निर्देशित नेपाली चलचित्र ‘सारथी’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा अभिनेत्री निरुता सिंहलाई दूधे बालक काखमा बोकेको र पैतालाबाट रगत बगिरहेको गम्भीर तथा रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ । बच्चाको रोदनबाट सुरु हुने प्रोमोले चलचित्रको कथावस्तुप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित चलचित्रमा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत कलाकारको अभिनय छ । म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुनुहुन्छ । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्र आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


