पार्टीभन्दा माथि कोही छैन, चुकेको अवस्थामा मलाई सभापतिबाट हटाउनुस् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने भन्दै आफू चुकेको अवस्थामा सभापतिबाट हटाउन पार्टीलाई आग्रह गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिगत कमजोरीको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन्। थापाले पार्टी लाखौँ नेता र कार्यकर्ताको रगत तथा पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्नेमा जोड दिए। नेतृत्वले गरेका भूलको भार पार्टीले बोक्दा संस्था नै धराशायी हुने भन्दै उनले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। सभापति हुँदा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ। किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन।’ मुलुकको वर्तमान अवस्थाबारे चर्चा गर्दै थापाले दसैँको फूलपातीकै दिन हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनु राष्ट्रका लागि गम्भीर चिन्ताको विषय भएको बताए। उनले रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवालाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न कांग्रेसले इमानदार प्रयत्न थाल्नुपर्नेमा जोड दिए। पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले कार्यकर्ताहरूलाई कोठाभित्र बसेर निराशाका कुरा नगर्न निर्देशन दिए। उनले पार्टीका तल्ला तहका कार्यकर्ता र आम नागरिकका सुख-दुःखमा जोडिन तथा निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


