आज देशका यी स्थानमा बर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । The post आज देशका यी स्थानमा बर्षाको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन
• म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ, जुन बाढी र पहिरोले क्षतिग्रस्त भएको थियो। • कुण्डको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागिएको छ र बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ। • तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम असोज र कात्तिक हो, जहाँ स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक ...

संसदीय समितिमा रास्वपाकै बहुमत भए पनि सरकारले सिफारिस गरेका दुई राजदूत किन भए अस्वीकृत ?
संसदीय समितिले प्रस्तावित दुई राजदूतलाई नाम अस्वीकृत गरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ । सत्तारूढ रास्वपाका सांसदकै बहुमत भएको संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको छ । ...

मलेसियाले छानेका २५ म्यानपावर व्यवसायीसँग बयान लिँदै वैदेशिक रोजगार विभाग
काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई उपस्थिति गराई बयान लिने प्रक्रिया सुरु गरेको छ । मलेसियाले नेपालसहित १० वटा श्रोत देशबाट श्रमिक भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो । नेपालबाट २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी र २५० वटा म्यानपावर कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ को रूपमा छनोट गरेको हो । युवा, श्रम तथा रोजगार ...

देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो हुने
काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो बुलेटिन जारी गर्दै देशभरका सबै भूभागबाट मनसुन बहिर्गमन भएको औपचारिक घोषणा गरेको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ (असोज १६) मानिए पनि यस वर्ष भने सरदर अवधिभन्दा १२ दिन ढिलो गरी अर्थात् अक्टोबर १४ (असोज ...


