Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित (सूचीसहित)

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित (सूचीसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित (सूचीसहित)

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गरे । उनले अध्यक्षका अर्का प्रत्याशी टंकप्रसाद गैरेलाई पराजित गरेका हुन् । गैरेले ६०१ मत पाए । संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । उनले ७२४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए । यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी निर्मित कसजुले ६९३ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी ७१९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । महासचिवमा वसन्तप्रसाद ढकाल र जमुना पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ । ढकाल ७१४ मत प्राप्त गरी निर्वाचित भए । पौडेल १२ मतको झिनो अन्तरले पराजित भइन् । उनले ७०२ मत पाइन् । कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रतीक पोखरेल शर्माले ६७३ मत पाए । सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी काशिराम शर्मा पौडेलले ६४८ मत ल्याए । सहकोषाध्यक्षमा कमला पोखरेल शर्मा पराजुली (मञ्जु) ८६८ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत प्राप्त गरे । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी भानुभक्त खत्री (भानु)ले ६२४ मत पाए । संघको उद्योग सदस्यतर्फको मतगणनामा दीपक बास्तोला र ज्ञानबहादुर पुनले समान ६५६ मत प्राप्त गरेपछि परिणाम टुंग्याउन गोला प्रक्रिया अपनाइएको थियो । दुवै उमेदवारको सहमतिमा गरिएको गोला प्रक्रियाबाट पुन निर्वाचित भए । उद्योगतर्फ सुनिता शर्मा बन्जाडे ८३१, गोपाल टण्डन ६७९ र लेखनाथ भण्डारी ६७६ मतसहित निर्वाचित भए । पुन गोला प्रक्रियाबाट निर्वाचित भएपछि उद्योगतर्फ चार सदस्यको टुंगो लागेको हो । वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई ८२८, सुनिता गिरी ७२७, रामबहादुर भण्डारी ६६१ र उमेश अमात्य ६५४ मतसहित निर्वाचित भए । खुला सदस्यतर्फ विष्ण्ॉ घिमिरे पन्थ (कमला) ८४६, दीपक घिमिरे ७८८, सुनिता अर्याल ७६४, प्रदीप शाक्य ७२३, विष्ण्ॉप्रसाद उपाध्याय ६८७, गोपालप्रसाद बस्याल ६५६ र विजयकुमार बर्णवाल ६२५ मतसहित निर्वाचित भए । महिला सदस्यतर्फ रेनु श्रेष्ठ ६९९ र मञ्जु पुरी गिरी ६२२ मतसहित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । The post बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित (सूचीसहित) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
ताजा खबरJust now

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा

राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

कान्तिपुर
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

नेपालबहस
रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
ताजा खबरJust now

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्‍यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

लोकपथ
१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
ताजा खबरJust now

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play