Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/वाणिज्य बैंकहरुले भदौसम्म कमाए पौने १८ अर्ब नाफा, कुन बैंकले कति कमाए ?

वाणिज्य बैंकहरुले भदौसम्म कमाए पौने १८ अर्ब नाफा, कुन बैंकले कति कमाए ?

10/14/2026, 2:58:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
वाणिज्य बैंकहरुले भदौसम्म कमाए पौने १८ अर्ब नाफा, कुन बैंकले कति कमाए ?

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३–८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ । यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोवल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ । नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ । चालु आवको सुरुवातमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ । तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ । हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अस्ट्रेलियाको क्यानबेरा विधानसभामा पहिलोपटक दशैँ–तिहारको रौनक
OthersJust now

अस्ट्रेलियाको क्यानबेरा विधानसभामा पहिलोपटक दशैँ–तिहारको रौनक

२८ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क… ...

अनलाइन खबर
लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ
OthersJust now

लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ

२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । ‎जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले… ...

अनलाइन खबर
प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न
OthersJust now

प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न

जापानका लागि प्रस्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदुत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच चर्को बहस भएको हो । नेकपा (एमाले) ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play