Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/६ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

६ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
६ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर विगत तीन वर्षदेखि भने दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय किसान प्रधानले बताए । उनका अनुसार यहाँ पूजाआजाका लागि बन्दीपुरका ग्रामीण भेगदेखि छिमेकी पालिकाबाट समेत भक्तजन आएका छन् । करिब ६०० वर्षभन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारीहरू रहेका छन् । भगवान् शिवजीले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रूप धारण गरि उडेर बन्दीपुर डाँडामा खसेर उछिटिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ । यहाँका बन्दीपुरेहरूले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्शीवाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिए । यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । खड्गदेवी मन्दिरमा हरेक दसैँको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौंको सङ्ख्यामा उपस्थिति हुने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । मन्दिर पहिले ढुङ्गै ढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रूपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कांग्रेस सभापति गगन थापाले गरे पदभार ग्रहण, शपथसँगै सम्हाले पार्टीको नेतृत्व
ताजा खबरJust now

कांग्रेस सभापति गगन थापाले गरे पदभार ग्रहण, शपथसँगै सम्हाले पार्टीको नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पार्टीको १५औँ महाधिवेशनबाट भारी मतान्तरसहित सभापतिमा निर्वाचित थापाले शनिबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। सो अवसरमा उहाँलाई निर्वाचनको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो। गत असोज १८ देखि २३ ...

हिमालय टाइम्स
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
ताजा खबरJust now

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौँ, असोज ३१ गते । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम... ...

गोरखापत्र
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अजुर्न कुमालको पहिलो अर्धशतक
ताजा खबरJust now

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अजुर्न कुमालको पहिलो अर्धशतक

काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर अर्जुन कुमालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार क्यानडासँगको खेलमा नेपालका लागि ओपनिङ ब्याटिङमा उत्रिएका अर्जुनले... ...

रातोपाटी
जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच
ताजा खबरJust now

जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच

कृष्णलीलाका गीत, मादलको ताल र गोलो घेरामा नाच्ने युवायुवतीको उत्साहले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौंदेखि चलिआएको यो परम्परामा दसैंको खुसी मात्रै होइन, पुर्खाको विरासत, सामाजिक सद्भाव र सामूहिक जीवनको लय पनि भेटिन्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play