कांग्रेस सभापति गगन थापाले गरे पदभार ग्रहण, शपथसँगै सम्हाले पार्टीको नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पार्टीको १५औँ महाधिवेशनबाट भारी मतान्तरसहित सभापतिमा निर्वाचित थापाले शनिबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। सो अवसरमा उहाँलाई निर्वाचनको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित हुनुभएको थियो। शनिबार सानेपामा आयोजित शपथग्रहण समारोहमा ब्राह्मणहरूले स्वस्तिवाचन तथा वैदिक मन्त्रोच्चारण गरेका थिए। धार्मिक विधि र मन्त्रोच्चारणका बीच निर्वाचन समितिका संयोजक खड्काले थापालाई शपथ गराउनुभएको थियो। सभापति थापाले शपथ ग्रहण गरे पनि महाधिवेशनबाट निर्वाचित अन्य केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको शपथग्रहण भने तत्काल नहुने भएको छ। पार्टी स्रोतका अनुसार बाँकी पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम बडादसैँपछि आयोजना गरिनेछ। थापाको निर्वाचनसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको आगमन भएको विश्लेषण गरिएको छ। शपथग्रहणपछि उहाँले पार्टीलाई नयाँ ऊर्जा, गतिशीलता र प्रभावकारी नीतिका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
.jpg)
पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति
साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती
काठमाडौं । बसन्तपुरस्थित हनुमानढोकाको दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहित फूलपातीलाई हनुमानढोकास्थित दसैँ घरमा पुर्याइएको थियो। त्यसपछि वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको हो। घटस्थापनादेखि नै दसैँ घरमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको छ। दसैँको शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ। ...

दाना-खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा
म्याग्दी । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट ...
![सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/KB_KTM__U3A7859.jpg)
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ ब्यानर प्रदर्शन ...


