सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]
![सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/KB_KTM__U3A7859.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए । तस्बिर : किरणराज विष्ट/रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना... ...
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी
वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो। ...

Whisky, Luxury and Exclusivity: ‘The Governor’s Table’ Raises Questions About Kathmandu’s Elite Culture
Kathmandu, An exclusive whisky appreciation event held at Dynasty Hall, Yak & Yeti, Durbar Marg, on October 15 has put... ...

व्यवसायीका समस्या अनेक, समाधानको माग
घरबहाल कर, यातायात व्यवस्थापन, बजार अनुगमन र कर अभिलेखका समस्या समाधान गर्न नेपालगन्जका व्यवसायीले आग्रह गरेका हुन् । ...


