Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती

Share:WhatsAppFacebookX (Twitter)Telegram
हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती

काठमाडौं । बसन्तपुरस्थित हनुमानढोकाको दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहित फूलपातीलाई हनुमानढोकास्थित दसैँ घरमा पुर्‍याइएको थियो। त्यसपछि वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको हो। घटस्थापनादेखि नै दसैँ घरमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको छ। दसैँको शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बाढीपहिरोपछि 'प्राकृतिक नाकाबन्दी'मा परेको म्याग्दीको पाउद्वारमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी
ताजा खबरJust now

बाढीपहिरोपछि 'प्राकृतिक नाकाबन्दी'मा परेको म्याग्दीको पाउद्वारमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

विद्युत् सेवा पुनः सञ्चालन गर्न हेलिकप्टरमार्फत १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरिएको छ। ...

हाम्राकुरा
विश्वकप लिग-२ : क्यानडासँग नेपाल पराजित
ताजा खबरJust now

विश्वकप लिग-२ : क्यानडासँग नेपाल पराजित

युवराज र आरोन जोन्सनले ७२ रनको ओपनिङ साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । ललितले आरोनलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । ...

कान्तिपुर
तीन घण्टाको छलफलपछि पत्रकार किशोर श्रेष्ठ रिहा, प्रेस काउन्सिलमा जाने सहमति
ताजा खबरJust now

तीन घण्टाको छलफलपछि पत्रकार किशोर श्रेष्ठ रिहा, प्रेस काउन्सिलमा जाने सहमति

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा शनिबार बिहान साइबर ब्युरो लगिएका श्रेष्ठ दुवै पक्षबीच छलफल भएपछि रिहा भएका हुन्। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। उनीहरूबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएपछि श्रेष्ठलाई जान दिइएको उनले बताए। जनआस्था ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play