तीन घण्टाको छलफलपछि पत्रकार किशोर श्रेष्ठ रिहा, प्रेस काउन्सिलमा जाने सहमति

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा शनिबार बिहान साइबर ब्युरो लगिएका श्रेष्ठ दुवै पक्षबीच छलफल भएपछि रिहा भएका हुन्। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। उनीहरूबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएपछि श्रेष्ठलाई जान दिइएको उनले बताए। जनआस्था अनलाइनका प्रबन्ध सम्पादक राजेन्द्र रिमालका अनुसार समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा गएर छलफल गर्ने सहमतिपछि श्रेष्ठ रिहा भएका हुन्। छलफलका क्रममा पन्त पनि समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमा जान सहमत भएका छन्। श्रेष्ठलाई प्रहरीले शनिबार बिहान ललितपुरको नख्खु, बागडोलस्थित निवासबाट नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको थियो। जनआस्था साप्ताहिक तथा अनलाइनमा पन्तले अर्काको जग्गा कब्जा गरेको र सम्पत्ति हडपेको विषयमा समाचार प्रकाशित भएपछि उनले त्यसप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई ब्युरोमा लगेको थियो। ब्युरोमा करिब तीन घण्टासम्म छलफल भएको र त्यसपछि मिलापत्रसम्बन्धी कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको स्रोतले जनाएको छ। समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्ने सहमतिसँगै घटनाले निकास पाएको हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना... ...
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी
वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो। ...

Whisky, Luxury and Exclusivity: ‘The Governor’s Table’ Raises Questions About Kathmandu’s Elite Culture
Kathmandu, An exclusive whisky appreciation event held at Dynasty Hall, Yak & Yeti, Durbar Marg, on October 15 has put... ...

व्यवसायीका समस्या अनेक, समाधानको माग
घरबहाल कर, यातायात व्यवस्थापन, बजार अनुगमन र कर अभिलेखका समस्या समाधान गर्न नेपालगन्जका व्यवसायीले आग्रह गरेका हुन् । ...


