नेपाल क्लियरिङ हाउसको १५औँ साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर दिने निर्णय

काठमाडौं, २८ असोज। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा असोज २८ गते (१४ अक्टोबर २०२६) काठमाडौंमा सम्पन्न गरेको हो। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्नेछ। कम्पनीका अनुसार पुँजी वृद्धिबाट प्राप्त स्रोत राष्ट्रिय भुक्तानी प्रणालीको विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय कारोबारका लागि थप भुक्तानी प्रणाली विकास, आवश्यक पूर्वाधार निर्माण, जोखिम व्यवस्थापन सुदृढीकरण तथा सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिमा उपयोग गरिनेछ। एक वर्षमा २१० खर्ब रुपैयाँ बराबरको कारोबार एनसीएचएलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीका भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख भुक्तानी कारोबार राफसाफ भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारको संख्या र रकमका आधारमा १३ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ। कारोबारमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशतले बढेको छ। यद्यपि, कम्पनीको खुद नाफा भने ४१ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत कम हो। वित्तीय प्रविधि विकासका लागि छुट्टै कम्पनी स्थापना गरिने वार्षिक साधारण सभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान गर्नुका साथै प्रविधि तथा सफ्टवेयरको विकास, जडान र त्यससँग सम्बन्धित आवश्यक कार्य गर्ने उद्देश्यले छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। एनसीएचएलको सहायक वा सम्बद्ध कम्पनीका रूपमा स्थापना गरिने उक्त कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास र जडानसम्बन्धी काम गर्नेछ। यसका लागि आवश्यक स्वीकृति प्राप्त गर्ने तथा प्रक्रिया अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिइएको कम्पनीले जनाएको छ। नेपाल राष्ट्र बैंकसहित ५३ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्त कम्पनीबाट एक–एक जना तथा एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व रहेको छ। कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ। हाल नेपाल राष्ट्र बैंकसहित ५३ सदस्य बैंक तथा वित्तीय संस्था तथा १५० भन्दा बढी गैरबैंकिङ संस्था कम्पनीमा आबद्ध छन्। गैरबैंकिङ संस्थाहरू कम्पनीका प्राविधिक सदस्यका रूपमा आबद्ध रहेको एनसीएचएलले जनाएको छ। एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत विभिन्न चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी, खुद्रा भुक्तानी तथा कार्डसम्बन्धी पूर्वाधार सञ्चालन गर्दै आएको छ। कम्पनीले राष्ट्रिय तथा अन्तरदेशीय भुक्तानी कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न भुक्तानी उपकरण तथा प्रणाली सञ्चालन गरिरहेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...


