Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

10/13/2026, 2:59:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियानको सुरुवात गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनलाई व्यक्ति विशेषको सक्रियतामा निर्भर नराखी आवश्यकताअनुसार स्वतः परिचालित हुने संयन्त्र विकास गर्नुपर्ने बताएका हुन् । उनले विपद्सम्बन्धी नीति निर्माण गर्दा वैज्ञानिक अध्ययन र अनुसन्धानबाट प्राप्त निष्कर्षलाई आधार बनाउनुपर्नेमा जोड दिए । विपद्का बेला मात्र सक्रिय हुनेभन्दा जोखिमको पूर्वानुमान, प्रभावकारी अनुगमन र आवश्यक स्रोतसाधनको पूर्वतयारीसहितको प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा निर्देशित हुनुपर्छ । व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ,’ उनले भने, ‘विपद् आइपर्दा आवश्यक संयन्त्र स्वतः सक्रिय हुने व्यवस्था विकास गर्न सक्नुपर्छ ।’ मन्त्री श्रेष्ठले नेपालमा भूकम्प, मनसुनी बाढी, हिमताल विस्फोट तथा पहिरोका कारण नदी थुनिएर आउने आकस्मिक बाढीजस्ता फरक प्रकृतिका विपद्को जोखिम रहेको उल्लेख गरे । यस्ता विपद्को प्रकृति फरक हुने भएकाले पूर्वतयारी, उद्धार र राहतका उपाय पनि जोखिमअनुसार फरक बनाउनुपर्ने उनले बताए । बाढीको बदलिँदो प्रकृतिप्रति सचेत गराउँदै उनले माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा नदीको बहावमा अचानक परिवर्तन आउने अवस्थाले तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउन सक्ने बताए । त्यसैले जोखिमको पूर्वानुमान र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । सरकारले दृश्यमा आधारित अनुगमन प्रणाली विकास गरे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै श्रेष्ठले उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सम्भावित विपद्को जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने बताए । उनले विपद्पछिको उद्धार र राहतमा मात्र केन्द्रित नभई पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्थापन र प्रभावितको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । विपद्पछि बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिमा मानसिक आघातसम्बन्धी समस्या उत्पन्न हुन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई समेत समेटेर समग्र कार्यढाँचा बनाउनुपर्ने उनको भनाइ छ । भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक अध्ययनसँगै परम्परागत तथा रैथाने ज्ञानलाई पनि समेट्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले बदलिँदो जोखिमअनुसार पूर्वतयारी र संस्थागत क्षमता विकास गर्नुपर्ने बताए । उनका अनुसार वैज्ञानिक अध्ययन, प्रभावकारी अनुगमन, स्रोतसाधनको पूर्वतयारी र बलियो संस्थागत संयन्त्र निर्माण गर्न सके विपद्सँग जुध्ने नेपालको क्षमता थप सुदृढ बनाउन सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी
OthersJust now

भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । ...

अनलाइन खबर
कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित
OthersJust now

कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्। कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्। ...

पर्दाफास
गमबुटमा कस्तो देखिए अनमोल ?
OthersJust now

गमबुटमा कस्तो देखिए अनमोल ?

अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ । सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्‍यौ सुटुक्कै।’ यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका… ...

अनलाइन खबर
को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?
OthersJust now

को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?

समुद्रको फिँजबाट उठी, छालहरूमा चिप्लिँदै साइप्रसको किनारमा जब एउटी सुन्दरी प्रकट भइन्, तब सायद प्रकृतिको पनि धड्कन रोकिएको थियो होला । मिथकका पाना पल्टाउँदा क्रोनोसले आफ्ना पिता उरानोसको जननेन्द्रीय काटेर समुद्रमा फ्याँकेको क्रूर दृश्यबाट जन्मिएकी ती देवी हुन् अफ्रोडाइटी । जो इतिहासको कालखण्डमा प्रेम, सौन्दर्य र यौनको प्रतीक त रहिन नै, सँगै मानव सभ्यताको सबैभन्दा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play