Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

राजविराज । लागुऔषध मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बन गरेको छ । बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ । घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्दै कानुनी प्रक्रियाको सम्मान गर्न अन्तिम निष्कर्ष नआएसम्मका लागि जिम्मेवारीमा रहेर कामकाज गर्न रोक लगाइएको मधेश प्रदेश समितिका महासचिव मनिषकुमार साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्दै अनुसन्धानबाट प्राप्त निष्कर्ष र पार्टीको विधानबमोजिम आवश्यक थप निर्णय लिन प्रदेश समिति प्रतिबद्ध रहेको जनाइएको छ । प्रहरीले गत बुधबार सुरुङ्गा नगरपालिका–५ बस्ने ४७ वर्षीय अलीलाई सोही नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको थियो । २९ मंसिर ०८१ मा सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ना. ३ ख ७५९१ नम्बरको ट्रक र बा. ८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो । दुर्घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइएका थिए भने कार चालक फरार भएका थिए । सोही घटनाका आरोपी अलीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय लहानले १५ फागुन ०८१ र २६ पुस ०८२ मा पुनः खोजतलासका लागि सप्तरी प्रहरीलाई पत्राचार गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
ताजा खबरJust now

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

नेपालखबर
लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
ताजा खबरJust now

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

गोरखापत्र
दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
ताजा खबरJust now

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

टक्सार
एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
ताजा खबरJust now

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो

MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play