दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर सुरक्षित रूपमा राख्न अनुरोध गरेकी छन्। उनका अनुसार चाडपर्वका बेला फोहोर जथाभावी फाल्दा सडक तथा सार्वजनिक स्थानमा फोहोर थुप्रिने र वातावरणीय समस्या बढ्न सक्ने भएकाले नागरिकले आफ्नै घर वा कम्पाउन्डभित्र फोहोर व्यवस्थापन गर्नुपर्नेछ। ‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ राईले भनेकी छन्। महानगरपालिकाका अनुसार कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुनेछ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

खसी खोज्न गाउँमै ग्राहक
उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...


