Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

वासिङ्टन । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ। इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक एमओएबी प्रयोग गरिएमा त्यसले युद्धलाई थप चर्काउन सक्ने सीएनएनले जनाएको छ। यद्यपि, उक्त बमको प्रयोगले अमेरिकाका घोषित रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलन बदल्न कत्तिको प्रभाव पार्छ भन्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले शंका व्यक्त गरेका छन्। वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव कायमै छ। राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताएका थिए । तर, निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई उनले खुला राखेका थिए । इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर चासो बढेको छ। युद्धअघि विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिन्छ। करिब ९ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो। यसलाई ठूलो क्षेत्रफलमा रहेका लक्ष्यहरू ध्वस्त पार्न डिजाइन गरिएको हो। -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play