Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा युवा आन्दोलन : दिगो परिवर्तन कि क्षणिक लहर

भारतमा युवा आन्दोलन : दिगो परिवर्तन कि क्षणिक लहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा युवा आन्दोलन : दिगो परिवर्तन कि क्षणिक लहर

नयाँ दिल्ली । भारतमा मतदाता नामावली संशोधन अभियानलाई लिएर उत्पन्न विवादपछि युवाहरूले सुरु गरेको विरोध प्रदर्शनलाई दबाउन सरकारले दमनको नीति अख्तियार गरेको छ । तर, युवाहरूको आक्रोश सेलाउने कुनै छाँट देखिएको छैन । शनिबार आन्दोलनमा सहभागी हुन घरमा कसैलाई पनि जानकारी नदिई २२ वर्षीया अर्थशास्त्रकी विद्यार्थी कासिस रावत नयाँदिल्ली आइपुगेकी थिइन् । यतिबेला प्रदर्शनकारीहरूलाई भेला हुनबाट रोक्न प्रहरीले दिल्लीका सडकहरूमा फलामे ब्यारिकेटहरू तेर्स्याएको थियो । प्रदर्शनकारी युवाहरूलाई कुटपिट गर्ने, बसमा कोच्ने र लखेट्ने काम चलिरहेको थियो । प्रहरी दमनका त्यस्ता दृश्यहरू युवाहरूले आफ्नो मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा भाइरल बनाए । प्रधानमन्त्री नरेन्द्र मोदीको दल (भारतीय जनता पार्टी : भाजपा) लाई फाइदा पुग्ने गरी मतदाता नामावलीबाट मतदाता हटाइएको भन्दै युवाहरूको एक समूह विरोध प्रदर्शनमा उत्रिएको थियो । प्रहरीको कडा हस्तक्षेप र दमनका बाबजुद रावत साँझसम्मै सडकमा बसिन् र प्रहरीको गिरफ्तारीबाट बच्न पनि सफल भइन् । ‘हामी कतै जानेवाला छैनौँ । हामी फेरि फर्केर आउनेछौँ र हाम्रो आवाज बुलन्द गर्नेछौँ,’ उनले भनिन् । गत वर्षदेखि मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नाम हटाइएको छ । त्यसको विरोधमा भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को अगुवाइमा आन्दोलन चलिरहेको छ । निर्वाचन आयोगले अपारदर्शी ढंगबाट मतदाता नामावली हेरफेर गर्दा लाखौँ नागरिक मताधिकारबाट वञ्चित भएको आलोचकहरूको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले अन्य दुई निर्वाचन आयुक्तको असहमतिका बाबजुद जबर्जस्ती मतदाता नामावली संशोधन गरिरहेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार ज्ञानेश कुमारले अपारदर्शी र एकतर्फी ढंगले संशोधन प्रक्रिया अघि बढाउँदा भाजपालाई फाइदा पुगिरहेको छ । तर, लाखौँ जनता मताधिकारबाट वञ्चित हुँदै छन् । यता, निर्वाचन आयोगले भने दोहोरो तथा अयोग्य नामहरू हटाउन यो अभ्यास आवश्यक रहेको जनाएको छ । प्रधानमन्त्री मोदीले यी प्रदर्शनहरूबारे हालसम्म कुनै पनि सार्वजनिक टिप्पणी गरेका छैनन् । यद्यपि, सत्तारूढ दलका नेताहरूले आन्दोलनकारीहरूलाई ‘अराजक भीड’ को संज्ञा दिएका छन् । विदेशी शक्तिहरूको आडमा आन्दोलन चलिरहेको उनीहरूको आरोप छ । यो विवादले १२ वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका मोदीलाई चुनौती दिएको छ । तर, यो चुनौती कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि छ । मोदीबारे कुरा गर्दै रावतले भनिन्, ‘म उनलाई सर्वशक्तिमान ठान्दिनँ । म उनलाई एक त्यस्तो व्यक्तिका रूपमा हेर्छु जसलाई हामीले चुनेका छौँ । त्यसैले त्यो व्यक्तिलाई प्रश्न गर्न हामी किन डराउने, म यो कुरा बुझ्न सक्दिनँ ।’ प्रधानमन्त्री मोदीको कार्यकालमा भारतका लोकतान्त्रिक संस्थाहरूमाथि दबाब बढ्दै गएको आलोचकहरूको भनाइ छ । सरकारले कार्यकारी शक्तिको नियन्त्रणलाई कमजोर बनाएको तथा मुस्लिम लगायतका धार्मिक अल्पसंख्यकहरूलाई दबाएको आरोप उनीहरूले लगाउँदै आएका छन् । त्यस्तै, प्रेस स्वतन्त्रता समूहहरूले पनि स्वतन्त्र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरिएको भन्दै चिन्ता प्रकट गरेका छन् । तर, सरकारले यी आरोपहरूलाई खारेज गर्दै आएको छ । उसका अनुसार लोकतान्त्रिक संस्थाहरू बलियो अवस्थामै छन् र कानुन कार्यान्वयन गर्ने निकायहरूले फरक मत राख्नेलाई नभएर कानुन उल्लंघन गर्नेहरूलाई कारबाही गरिरहेका छन् । तर, धेरै भारतीय युवाहरूको नजरमा लोकतान्त्रिक संस्थाहरूले जनताको अपेक्षा पूरा गर्न सकिरहेका छैनन् । उनीहरूले असहमतिप्रति शत्रुतापूर्ण राजनीतिक व्यवहार भइरहेको बताएका छन् । सत्तामा बस्नेहरूलाई चुनौती दिँदा हानि व्यहोर्नुपर्ने उनीहरूको डर थियो । तर केही महिनाअघि सामाजिक सञ्जालमार्फत सीजेपीको उदयसँगै युवाहरू एकजुट हुन थाले । प्रदर्शनकारीहरूको यही एकताले मोदी सरकारका शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पार्‍यो । गत जुन–जुलाईमा उनीहरूले सडकको दबाबलाई राजनीतिक परिवर्तनमा रूपान्तरण गर्न सकिने एक दुर्लभ उदाहरण प्रस्तुत गरेका थिए । यस्तै उदाहरण भारतका छिमेकी देशका जेन–जी युवाहरूले यसअघि देखाइसकेका थिए । १९ वर्षीया विद्यार्थी माया रिबेराका अनुसार मतदाता नामावलीको विवादले लोकतान्त्रिक अधिकारप्रतिको चिन्तनमै प्रश्न खडा गरिदिएको छ । शनिबारको प्रदर्शनमा दुई जना साथीसहित सहभागी भएकी समाजशास्त्रकी विद्यार्थी रिबेराले भनिन्, ‘लोकतन्त्रमा भाग लिनु अधिकार र जिम्मेवारी दुवै हो । यही ठानेरै मैले मतदानका लागि नाम दर्ता गराएको थिएँ । तर, मतदाता नामावलीबाट थप मतदाताहरू हट्न सक्ने सम्भावनाले आफ्नो मताधिकार सुरक्षित छैन कि भन्ने चिन्ता भएको छ ।’ उनले निर्वाचन प्रक्रियालाई लिएर भइरहेको यो लडाइँ लोकतन्त्रका लागि जरुरी रहेको बताइन् । ‘निर्वाचन आयोग एउटै महत्त्वपूर्ण संस्था हो । यसलाई अब शुद्धीकरण गर्न आवश्यक छ,’ रिबेराले भनिन् । व्यापक प्रहरी दमनले जनआक्रोशलाई थप बढाएको युवाहरूको अनुभव छ । २१ वर्षीय दर्शनशास्त्रका विद्यार्थी आर्यन काजानियाले यो विवादले देशको राजनीतिक प्रणालीप्रति भारतीय युवाहरूमा बढ्दो निराशा झल्काएको बताए । ‘अधिकारीहरूले भेला हुन प्रतिबन्ध लगाउने र प्रदर्शनकारीहरूलाई हिरासतमा लिन सक्ने अवस्था छ । यस्तो समयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसरी प्रयोग गर्ने भन्नेबारे हामी र अन्य प्रदर्शनकारीहरू अन्योलमा पर्दै गएका छौँ,’ उनले भने, ‘राजधानीमा क्या भइरहेको छ भन्नेबारे मानिसहरू सक्रिय रूपमा जानकारी लिने प्रयास गरिरहेका छन् । उनीहरू विभिन्न सहरहरूबाट आइरहेका छन्, तर यो व्यवस्थाले हामीलाई सक्रिय रूपमा दबाउने प्रयास गरिरहेको छ ।’ यो आन्दोलनको दायरा सडकका भीडहरूमा मात्र सीमित छैन । धेरै प्रदर्शनकारीहरूले आफूहरू कुनै विशेष समूह वा राजनीतिक दलसँग आबद्ध नभएको बताएका छन् । साथीहरूसँगका कुराकानी, घरमा हुने बहस र सामाजिक सञ्जालका अन्तरक्रियाहरूले व्यक्तिगत निराशालाई सामूहिक आन्दोलनमा परिणत गरिदिएको रिबेराले बताइन् । वर्षौंदेखि दबिएर बसेका स्वरहरूको विस्फोटका रूपमा पनि यसलाई लिइएको छ । ‘हामी अति निराश बिन्दुमा पुगेका छौँ । आक्रोश चरम छ र हामी पहिलेभन्दा धेरै दृढ बनेका छौँ,’ रिबेराले भनिन् । मोदीजस्ता बलिया र जरो गाडेका नेतालाई चुनौती दिनु सजिलो काम भने होइन । उनी र उनको हिन्दु राष्ट्रवादी पार्टी भाजपा विगत एक दशकदेखि भारतीय राजनीतिमा हाबी छ । उनको सरकारविरुद्ध यसअघि देखिएका असन्तोषहरूलाई समेट्न विपक्षी दलहरूलाई कठिन थियो । युवा प्रदर्शनहरू पनि अहिलेसम्म भाजपाको राजनीतिक विकल्पको रूपमा संगठित भइसकेका छैनन् । तर धेरैका अनुसार सरकारलाई प्रश्न गर्ने ठाउँ बनाउनु आफैंमा एक उपलब्धि हो । राजनीतिले आफ्नो परिवारमा लगातार तनाव सिर्जना गर्ने गरेको रावतले बताइन् । किनकि, उनका आमाबुवा भाजपाप्रति सद्भाव राख्छन् । टेलिभिजन समाचारहरूले भाजपाप्रति सहानुभूति राख्ने भएकाले उनीहरूको यस्तो धारणा बनेको रावतको बुझाइ छ । यही असहमतिले गर्दा कहिलेकाहीँ उनले आफन्तहरूसँग बोल्न समेत बन्द गरेकी छिन् । ‘म अझै पनि उनीहरूसँग कुराकानी गर्ने प्रयास गर्छु, तर अहिलेसम्म असफल हुँदै आएकी छु,’ उनले भनिन् । रिबेराका हकमा भारतीय युवाहरूले आफ्ना आक्रोशलाई पारदर्शी र उत्तरदायी रूपमा दिगो आन्दोलनमा परिणत गर्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न प्रमुख हो । ‘मलाई लाग्छ धेरै लामो समयपछि पहिलो पटक लोकतन्त्रले केही गर्न सक्छ भन्ने विश्वास मभित्र जगाएको छ,’ रिबेराले भनिन् । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
ताजा खबरJust now

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

रातोपाटी
बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
ताजा खबरJust now

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ

कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

गोरखापत्र
लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
ताजा खबरJust now

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन

चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

नेपालखबर
विद्रोह तर बेग्लै (कथा)
ताजा खबरJust now

विद्रोह तर बेग्लै (कथा)

त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play