Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ

आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ

10/14/2026, 1:36:44 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ

श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि उनले जवाफ दिएकी हुन् । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । उनले आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताइन् । आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताइन् । उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु । कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु । तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिवद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूतलाई सांसदका प्रश्न– सार्कलाई पुनर्जीवित गर्ने ठोस योजना के छ ?
OthersJust now

प्रस्तावित राजदूतलाई सांसदका प्रश्न– सार्कलाई पुनर्जीवित गर्ने ठोस योजना के छ ?

सार्क भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क विगत करिब एक दशकदेखि निष्क्रिय छ । ...

अनलाइन खबर
मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन अवार्ड
OthersJust now

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ। बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर), हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर) र हाइएस्ट फोनपे क्यूआर भोलुम (अक्वायर) विधामा अवार्ड प्राप्त गरेको हो । हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर) अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम […] ...

लोकपथ
लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
OthersJust now

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल… ...

अनलाइन खबर
साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु
OthersJust now

साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु

नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर ठगी वा स्क्याममा परेको थाहा पाएर उजुरी गर्दा स्क्यामरले पैसा अन्य बैंकमा ट्रान्स्फर गरेर झिकिसक्ने अवस्था छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play