कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डीला संग्रौला विजयी, कस्को कति मत ? (सूचीसहित)

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डा. डीला संग्रौला पन्त निर्वाचित हुनुभएको छ। महामन्त्रीका दुई खुला पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै विजयी हुनुभयो। उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित हुनुभयो। राणालाई पछ्याउँदै डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गर्नुभयो। निवर्तमान महामन्त्री गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभयो। यसैगरी, महिला कोटातर्फ डा. डीला संग्रौला पन्त ३ हजार ११८ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित हुनुभयो। उहाँकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले २ हजार ८६४ मत प्राप्त गर्नुभयो भने रीता खनालले ८०४ मत प्राप्त गर्नुभयो। आइतबार राति सार्वजनिक मतपरिणामअनुसार कांग्रेसको महामन्त्री पदमा तीनै जना उम्मेदवार निर्वाचित हुनुभएको हो।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि पक्का, अजयबाबु जित नजिक
दुई जना निर्वाचित हुने यस पदका लागि कुल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव
पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव ...

निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा
भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको ...

संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले दिएका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्। प्रहरी र निजामती प्रशासनसम्बन्धी कानुन निर्माणदेखि वित्तीय हस्तान्तरणसम्मका विषयमा संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले अधिकारविहीन अवस्थामा प्रदेश सरकारबाट परिणाम खोजिएको बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा […] ...


