‘बाटुलो जून’को छायांकनका तस्विर छताछुल्ल भएपछि…

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले आपत्ति जनाएको छ। कम्पनीले अनधिकृत रूपमा सार्वजनिक गरिएका दृश्य तत्काल हटाउन र आगामी दिनमा पुनः अपलोड नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। निर्माण पक्षका अनुसार चलचित्र छायांकनका क्रममा खिचिएका दृश्य तथा बिहाइन्ड द सिन्स (बीटीएस) सामग्री चलचित्रको प्रचारप्रसार, कथावस्तुको गोपनीयता र व्यावसायिक रणनीतिसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। यस्ता दृश्य अनुमति नलिई रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा डिजिटल माध्यमबाट प्रसारण गर्दा चलचित्रको प्रचार योजनामा असर पर्नुका साथै सिर्जनात्मक कार्य र प्रतिलिपि अधिकारसमेत प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ। सनराइज पिक्चर्सले प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार अनधिकृत रूपमा संरक्षित सामग्री प्रयोग गरिएको अवस्थामा कानुनी कारबाही हुन सक्ने जनाएको छ। निर्माण पक्षले आफ्नो आग्रह बेवास्ता गर्दै दृश्य सार्वजनिक गर्ने कार्य निरन्तर रहेमा उपलब्ध प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। कम्पनीले चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री निर्माण पक्षले सार्वजनिक गर्ने माध्यमबाट मात्रै प्राप्त गर्न दर्शक, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। चलचित्रको प्रचारप्रसारको समय र स्वरूप निर्धारण गर्ने तथा सिर्जनात्मक पक्षको संरक्षण गर्ने अधिकारप्रति आफू प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ। चलचित्र ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस... ...

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको […] ...

पर्यटक भिसामा आएर धर्मक प्रचारमा संलग्न २४ जना कोरियाली नागरिक निष्कासित
काठमाण्डु- भिसाको उद्देश्यविपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो । विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, […] ...

कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन
काठमाडाैँ। कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा उद्घाटन गरेको छ। यससँगै जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने सीमित देशको सूचीमा कोलम्बिया पनि थपिएको छ। अधिकांश... ...


