Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालिन मनोरञ्जन व्यवसायीको सहयोग

रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालिन मनोरञ्जन व्यवसायीको सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालिन मनोरञ्जन व्यवसायीको सहयोग

काठमाडौं । नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी सङ्घ ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई रु पाँच लाख ५१ रुपैँया नगद र खाद्यान्न सहयोग गरेको हो । उक्त रकम र खाद्यान्न सोमबार साँझ सङ्घका अध्यक्ष रुपेश गुरुङले रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ की कार्यवाहक वडाअध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गर्नुभयो । उक्त गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेका छन् । बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति व्यहोर्नुपरेका प्रभावित परिवारलाई लक्षित गर्दै सहयोग उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको सङ्घले जनाइएको छ । बाढीप्रभावित रसुवा र नुवाकोटका बासिन्दालाई पाँच लाख नगदका साथै १२ बोरा चामल, तीन बोरा दाल, एक बोरा च्युरा, ३० कार्टुन चाउचाउ र महिलाका लागि स्यानिटरी प्याड उपलब्ध गराइएको संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’ले जानकारी दिनुभयो । प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकारद्धय कर्मा घले र श्री शाही, सङ्घका सचिव सबु तामाङ, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठको सहभागीता रहेको थियो । बाढी प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाका लागि सरकारी निकाय, विभिन्न संघसंस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताइएको छ । The post रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालिन मनोरञ्जन व्यवसायीको सहयोग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
ताजा खबरJust now

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा

राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

कान्तिपुर
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

नेपालबहस
रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
ताजा खबरJust now

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्‍यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

लोकपथ
१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
ताजा खबरJust now

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play